विघटन

यस्ता रहेछन् ओलीले संसद विघटन गर्नुका ८ कारण (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको सरकार चाहिएकाले चुनावमा जानु परेको जिकीर गर्नुभएको छ । जहाँ विभिन्न आठ कारण अगाडि सारिएको छ । दुई तिहाईको सरकार किन चाहियो ? कारण १– संविधान संशोधन ओली...

अदालतबाटै प्रतिनिधिसभा विघटनसम्बन्धी महत्वपूर्ण कागजात गायब (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहँदा मुद्दाको मिसिलमा संलग्न सक्कल कागजात प्रधानमन्त्री कार्यालयले फिर्ता लगेको खुलासा भएको छ । प्रतिनिधिसभा विघटनको सिफारिससम्बन्धी पुस ५ गतेको मन्त्रिपरिषदले गरेको निर्णय मिसिलबाट गायब भएको हो...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा पूर्ण इजलासमा पठाउन अस्वीकार

२ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । मुद्दाको सुनुवाइका लागि बृहत् पूर्ण इजलास गर्नुपर्ने माग संवैधानिक इजलासले अस्वीकार गरेको हो । यो मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने मागसहित परेको निवेदन खारेज...

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका रिट निवेदनमाथि आज सुनुवाइ हुँदै

२ माघ २०७७ काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।...

प्रतिनिधिसभा विघटनका विषयमा कानूनविद्हरुको यस्तो तर्क

१ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरीत भएको कानुनविद्हरुले बताएका छन् । बिहस्बार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन् ।...

प्रतिनिधिसभा विघटन मुद्दामा भोलि सुनुवाइ हुँदै

१ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा भोलि सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ...

संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

१ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै त्यसलाई राजनीतिक विद्रोह भन्नुभएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार संसद विघटन गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक...

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चमा भयो यस्तो बहस (भिडियोसहित)

२९ पुस २०७७ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा कुन प्रक्रियाबाट टुंगो लगाउने भन्ने अलमल देखिएको छ । अलमलका कारण आज पनि संवैधानिक इजलाशमा यो मुद्दा मूल विषयमा प्रवेश गर्न सकेन । आज पनि संवैधानिक इजलाशबाट टुंगो लगाउने कि बृहत...

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्काे इजलास शुक्रबार

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ । संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस आज पनि सकिएन । सो विवाद...

प्रतिनिधिसभा विघटन मुद्दा सुनुवाइः बृहत् पूर्ण इजलासको माग

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ शुरु भएको छ । सो विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आज...