मेयर

कमल पोखरी निर्माण कार्य तत्काल रोक्न मेयरलाई गगन थापाको पत्र

२९ पुस २०७७ काठमाडौं । नेपाली का‌ंग्रेसका नेता गगन थापाले कमलपोखरीको निर्माण कार्य तत्काल रोक्न भन्दै काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्नुभएको छ । कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको...

काठमाडौंका मेयरसहितका कर्मचारीले नै पाएनन् कोरोना बीमा रकम

४ पुस २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा...

सार्वजनिक कार्यक्रममै मन्त्री र मेयरको यस्तो जुहारी (भिडियो)

२९ मंसिर, २०७७ काठमाडौं । स्थानीय तहले पाएको अधिकारका विषयमा आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच आरोप प्रत्यारोप भएको छ । काठमाडौंमा भएको कार्यक्रममा मन्त्री त्रिपाठीले स्थानीय तहले धेरै अधिकार...

छठपछि कडा निषेधाज्ञा जारी गर्न उपत्यका मेयर फोरमको सीसीएमसीसँग आग्रह

२६ कात्तिक, २०७७ काठमाडौं । उपत्यका मेयर फोरमले चाडपर्व (तिहार र छठ) पछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ । आज सीसीएमसीका पदाधिकारीहरुसँगको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले यस्तो आग्रह गरेका हुन् ।...

पाँच तारे होटलमा आइसोलेसन बस्ने मेयर गरिबको खानाबाट लज्जित (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । गरिब गुरुवालाई निःशुल्क खाना खुवाउनेमाथि काठमाडौं महानगरपालिकाको कु दृष्टि अझै हटेको छैन । महानगरले खुलामञ्चमा गरिबलाई खाना नखुवाउन अभियन्तालाई निरन्तर दबाब दिइरहेको छ । लकडाउन र निषेधाज्ञामा अलपत्र परेका नागरिकका लागि सिन्कोसमेत नभाँचेको महानगरले...

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

९ असोज, २०७७ काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पनि कोरोना संक्रमण भएको छ । हिजो दिउँसोदेखि ज्वरो आएपछि मेयर महर्जनको कोरोना परीक्षण गरिएको थियो । आज बिहान स्वाब दिएकोमा बेलुका पोजेटिभ रिपोर्ट आएको महर्जनले जानकारी दिनुभयो ।...

काठमाडौंमा गरिब भोकले छटपटाउँदै, मेयर रानीपोखरी डुल्दै (भिडियोसहित)

१३ भदौ, २०७७ काठमाडौं । लगातारको निषेधाज्ञाका कारण काठमाडौंमा गरिब नागरिकलाई हातमुख जोड्न धौ धौ पर्न थालेको छ । दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्नेको चुल्होमा आगो बल्न छाडेको छ । लकडाउनका बेलामा नागरिकले पाएको दुःखलाई नजिकबाट देख्यौं...

एक हप्ताको निषेधाज्ञामा कोही पनि भोकै बस्नु पर्दैनः मेयर शाक्य (भिडियोसहित)

३ भदौं, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताको निषेधाज्ञामा कोही पनि नागरिक भोकै बस्न नपर्ने दावी गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि आजराति देखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञामा अतिआवश्यक सेवा बाहेक...

वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोना संक्रमण

१६ साउन, २०७७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनु भएको हो । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ संक्रमित...