
निर्वाचन आयोगद्वारा दलका प्रतिनिधिहरुसँग छलफल
४ माघ २०७७ काठमाडौं । निर्वाचन आयोगले वैशाखमा तोकिएको चुनावको विषयमा राजनीतिका दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा दलहरुसँग आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा छलफल भइरहेको आयोगले जनाएको छ ।...