जाजरकोट

एक्सरे गर्न जाजरकोट आउने दिनको अन्त्य

२२ मंसिर, २०७७, जाजरकोट । वर्षाैदेखि एक्सरे गर्नका लागि डोल्पाको सदरमुकाम दुनै वा जाजरकोट सदरमुकाम आउनुपर्ने मुड्केचुलावासीको दुःख अन्त्य भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा एक्सरे र ल्याव सेवा शुरु भएपछि वर्षौदेखिको दुःख हटेका हुन् । नौ वडा रहेको...

जाजरकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, एक जना बेपत्ता

२१ असोज, २०७७ काठमाडौं । जाजरकोटको जुनिचाँदे गाउँपालिका–१ को औलभीर लोड्नीमा जीप दुर्घटना हुँदा ११ का वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ । सदरमुकाम खलङ्गाबाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट मजकोट खोलामा खस्दा...

जाजरकोटको जुनीचाँदेमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, दुई जना बेपत्ता

२१ असोज, २०७७, जाजरकोट । जाजरकोट सदरमुकामबाट जुनीचाँदे गाउँपािलकातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा दुई जना बेपत्ता छन् भने एक जनाको उद्धार गरिएको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो । जुनीचाँदे गाउँपालिका–११...

जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुग्यो

१३ साउन, २०७७, जाजरकोट । जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाको कुशे गाउँपालिका– १ का टेकबहादुर चलाउनेको घरमा गत साउन १० गते जंगलबाट च्याउ ल्याएर पकाइ खाँदा आठ जना बिरामी परेको र ती मध्ये...

जाजरकोटमा च्याउ खाँदा एक जनाको मृत्यु, आठ जना गम्भीर बिरामी

१२ साउन, २०७७, जाजरकोट । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति...

जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, ३ जना अझै बेपत्ता

२७ असार, २०७७ जाजरकोट । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएका मध्ये ९ जनाको मृत्यु भएको छ । तीन जना अझै हराइरहेका छन् । पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव आज भेटिएको हो । हिजो...

बाढीपहिरोले म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा बढी मानवीय क्षति

२७ असार, २०७७ काठमाडौं । लगातारको वर्षापछि आएको बाढी पहिरोले देशका विभिन्न स्थानमा जनधनको ठुलो क्षति गरेको छ । म्याग्दी, जाजरकोट, कास्की र लमजुङमा धेरै मानवीय क्षति भएको छ । म्याग्दीमा पहिरोले ठूलो क्षति पुर्याएको छ । तर हिजोदेखि...

जाजरकोटको बारेकोट गाउँपालिकामा पहिरोमा पुरिएर १२ जना बेपत्ता

२६ असार, २०७७, जाजरकोट । बारेकोट गाउँपालिका– ४ सार्कीगाउँमा गए राति पहिराले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई घरपरिवारका ५२ वर्षीय घरमूली गोपाल सार्की, उहाँकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र...

जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार

१५ असार, २०७७ काठमाडौं । रुकुम पश्चिममा मारिएका जाजरकोटका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा पुरस्कार अन्तर्गत समाज सुधार अभियानतर्फ उनलाई पुरस्कृत गर्ने निर्णय...