च्याउ

डोल्पामा विषालु च्याउ खाँदा चार जना सिकिस्त बिरामी

८ भदौ, २०७७, सुर्खेत । अघिल्लो महिना जाजरकोटमा ५ जनाको ज्यान लिएको विषालु च्याउले डोल्पामा फेरि ४ जनालाई सिकिस्त बनाएको छ । उनीहरुलाई हेलिकोप्टरबाट नेपालगन्ज लगिएको छ । डोल्पाको ठूलीभेरी नगरपालिकामा विषालु च्याउ खाएर ४ जना बिरामी भएका हुन्...

जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुग्यो

१३ साउन, २०७७, जाजरकोट । जाजरकोटमा च्याउ खाएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । जिल्लाको कुशे गाउँपालिका– १ का टेकबहादुर चलाउनेको घरमा गत साउन १० गते जंगलबाट च्याउ ल्याएर पकाइ खाँदा आठ जना बिरामी परेको र ती मध्ये...

जाजरकोटमा च्याउ खाँदा एक जनाको मृत्यु, आठ जना गम्भीर बिरामी

१२ साउन, २०७७, जाजरकोट । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति...

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी

१२ असार, २०७७, दाङ । दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन् । प्रदेश नं ५ प्रहरी...