चालक

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

१४ पुस २०७७ काठमाडौं । नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आजदेखि अनलाइन फाराम खुलेको छ । कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिनुभयो...

पठाओका चालकहरु आन्दोलनमा, कार्यालय भवनमा तोडफोड (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको राइड सेयरिङ कम्पनी पठाओमा विवाद देखिएको छ । कमिसन बढी लिएको र आधारभूत सेवासुविधा नदिएको भन्दै पठाओमा आवद्ध चालक आन्दोलनमा छन् । आन्दोलित चालकले आज काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको कार्यालयमा...

विभिन्न मागसहित चालकहरुद्वारा पठाओको कार्यालय तोडफोड (फोटो फिचरसहित)

१३ पुस २०७७ काठमाडौं । विभिन्न माग राखेर आन्दोलन गरिरहेका राइड सेयरिङ एप पठाओका चालकले आज मध्य बानेश्वरस्थित आफ्नै कम्पनीको कार्यालयमा तोडफोड गरेका छन् । ११ बुँदे माग राखेर आन्दोलन गरिरहेका चालकले आज पठाओको कार्यालय घेराउ गर्नुका साथै तोडफोड...

कोरोनाका कारण बन्द चालक अनुमतिपत्रको परीक्षा खुल्यो

१० पुस २०७७ काठमाडौं । कोरोना संंक्रमणको जोखिमका कारण ९ महिनादेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको परीक्षा मंगलबारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले आज सूचना निकाल्दै पुस १४ गते मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको परीक्षा खुल्ला हुने...

नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

२८ मंसिर, २०७७ काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो...

ट्र्याक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध

२६ मंसिर, २०७७ कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका...

तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

१७ मंसिर, २०७७ काठमाडौं । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले तत्काल नयाँ अनुमतिपत्र खोल्नेबारे कुनै निर्णय नभएको एकान्तकुनास्थित चालक अनुमतिपत्र कार्यालयका प्रमुख...

कोरोनाकालमा एम्बुलेन्स चलाएका बाँकेका चालकले अझै पाएनन् जोखिम भत्ता (भिडियोसहित)

२९ कात्तिक, २०७७ बाँके । सरकारले कोरोना संक्रमितलाई आइसोलनेसनस्थल र अस्पतालमा पुर्‍याउने एम्बुलेन्स चालकलाई प्रति दिन एक हजार ५ सयका दरले जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर बाँकेका एम्बुेन्स चालकले अहिलेसम्म त्यो पाएका छैनन् । कोरोना संक्रमितलाई...

बैतडी बस दुर्घटनामा मृत्यु भएकाको शव बुझाइयो, चालक प्रहरी नियन्त्रणमा, सवारी ज्यान मुद्दा

२९ कात्तिक, २०७७ बैतडी । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार दुर्घटनामा परी मृत्यु भएका नौजना सबैको शव आफन्तलाई बुझाइएको छ । दुर्घटनामा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका दुई/दुईजनाको ज्यान गएको थियो । शुक्रबार साँझ शव परीक्षण...

रामेछापमा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु

२६ कात्तिक, २०७७ रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ स्थित शोतिमा भएको कन्टेनर दुर्घटनामा चालकको मृत्यु भएको छ । दोलखाबाट ओखलढुंगाका लागि छुटेको युनाइटेड सप्लायर्स ओखलढुंगाको कन्टेनर दुर्घटनामा उदयपुर कटारीका ३२ वर्षीय चालक प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ...