खोप

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी

४ माघ २०७७ काठमाडौं । सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ । भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी...

खोप प्रयोगको अनुमतिसँगै स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी शुरु

४ माघ २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएसँगै खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी शुरु गरेको जनाएको छ। स्थानीय, प्रदेश र केन्द्रीय सरकार मातहत रहेका झण्डै १० हजार स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउनेसम्बन्धी तालिम...

भारतमा कोरोनाविरुद्धको खोप अभियान शुरु

३ माघ २०७७ नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि शुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नु भएको हो । यस अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा...

भारतमा आजदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू हुँदै

३ माघ २०७७ नयाँ दिल्ली । भारतमा आजदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले खोप लगाएर अभियानको उद्घाटन गर्ने भएका हुन् । यस अवसरमा प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत खोप लगाएका स्वास्थ्यकर्मीसँग कुराकानी समेत गर्नेछन् ।...

भारतमा उत्पादित कोरोना खोप ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

२ माघ २०७७ काठमाडौं । सरकारले भारतमा उत्पादित कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल ल्याउन औषधि व्यवस्था विभागले स्वीकृति दिएको हो ।...

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

२७ पुस २०७७ नयाँ दिल्ली । भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै...

कोरियाली कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप नेपालमा क्लिनिकल ट्रायलको तयारी

२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ। इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने...

भारतद्वारा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप निर्यातमा प्रतिबन्ध

२० पुस २०७७ नयाँ दिल्ली । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरद्धको खोप निर्यातमा रोक लगाएको छ। सरकारले अक्सफोर्ड(एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई आपत्कालिन प्रयोगको अनुमति दिएसँगै त्यसको निर्यातमा रोक लगाएको हो । उक्त खोप भारतकै सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन...

भारतमा पहिलो स्वदेशी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति

१९ पुस २०७७ नयाँ दिल्ली । भारत सरकारले थप एक कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । हिजो भारत सरकारले स्वदेशी कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप कोभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । यसअघि भारत सरकारका...

अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

१५ पुस २०७७ लण्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको...