अख्तियार

अख्तियारद्वारा ललितपुर नापी प्रमुखसहित १७ जनाविरुद्ध मुद्धा

२६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला आसपासको सरकारी जग्गा हाउजिङको नाममा पास गरेको अभियोगमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा...

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर, छानबिन गर्न अख्तियारमा पठाउने निर्णय

३ पुस २०७७ काठमाडौं । प्रतिनिधि सभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा...

वन व्यवस्थापनमा भ्रष्टाचार गर्ने अधिकृतलाई कारवाही गर्न अख्तियारमा सिफारिस (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका नाममा भ्रष्टाचार गर्ने वन अधिकृतलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ । समितिको आज बसेको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारवाही गर्न अख्तियारलाई...

बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

९ मंसिर, २०७७ सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो...

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ

२३ कात्तिक, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत...

दलीय भागबण्डा अन्त्य गरेर अख्तियारमा स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्ति नियुक्त गर्न माग

११ असोज, २०७७ काठमाडौं। भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालले दलीय भागबण्डा अन्त्य गरी स्वतन्त्र, निष्पक्ष र निर्भिक व्यक्तिलाई अख्तियारमा नियुक्त गर्न माग गरेको छ । विज्ञप्ति निकालेर ट्रान्सपरेन्सीले दलीय भागवण्डामा सिफारिस हुने गलत र सर्वाधिक आलोचित परिपाटी अन्त्य...

कस्तो रह्यो अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल (भिडियो)

२८ भदौ, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन कुमार घिमिरेको दुई वर्षे कार्यकाल सकिएको छ । २०७५ असोज ४ गते प्रमुख आयुक्त नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण स्वत अवकाश पाउनुभयो । सुशासन स्थापना गर्न...

ठुला मुद्दाको तत्काल अनुसन्धान थाल्न अख्तियारसँग ट्रान्सपरेन्सी इन्टरनेशनको आग्रह

२८ भदौ, २०७७ काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले तामेलीमा राखिएका ठूला मुद्दाको तत्काल अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले विज्ञप्ती निकालेर तामेलीमा राखिएको आयल निगमको जग्गा खरिद प्रकरणको...

मिश्रलाई सात दिनभित्र हाजिर हुन अख्तियारको निर्देशन

१७ भदौ, २०७७ काठमाडौं । तत्कालीन सञ्चार मन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई ७ दिनभित्र हाजिर हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना निकालेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका एजेन्टसमेत रहेका मिश्रसँग...

अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण

२७ साउन, २०७७ काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना भाइरसको संक्रमण भएको छ। घिमिरेलाई आज कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । केही दिन अघि घिमिरेका गाडी चालक र पछुवा गाडीमा हिँड्ने...