सरकार पूर्णरूपमा असफल भैसकेको कांग्रेस उपसभापति निधिको भनाइ

सुर्खेत, २९ पुस । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार पूर्णरूपमा असफल भैसकेको बताएका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस उपसभापति निधिले कम्युनिष्ट सरकार संघीयता खारेज गर्ने अभियानमा लागेको आरोपसमेत लगाए ।

संघीयताको भावना अनुसार तल्लो तहमा अधिकार हस्तान्तरण नगरी केन्द्रीकृत गरेर सरकारले संघीयताविरूद्ध काम गरेको समेत आरोप लगाए । उनले दुुईजना पाइलटले हाँकेको भनिएको जेट गतिहीन अवस्था भैसकेकोले अब दुर्घटना हुन मात्र बाँकी रहेको बताए ।

कार्यक्रममा बोल्दै उपसभापति निधिले नेकपाका अध्यक्षद्वय केपी ओली र पुुष्पकमल दाहाल जेटको नभई सामान्य बसको ड्राइभर मात्र भएको टिप्पणी गरे ।

shares