अमेरिकी राष्ट्रपति ट्रम्पले तत्काललाई आपतकाल घोषणा नगर्ने

वासिंगटन, २९ पुस । आंशिक रूपमा बन्द रहेको अमेरिकी संघीय कार्यालयहरू खुलाउन आपतकाल लागू गर्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काललाई आपतकाल घोषणा नगर्ने बताएका छन् ।

उनले सरकारी कार्यालयहरू बन्द हुनुमा विपक्षी डेमोक्रेट पार्टीलाई जिम्मेवार ठहर्‍याउँदै डेमोक्रेट सांसदहरूलाई अझै केही दिन मौका दिने बताएका छन् । अमेरिकामा सरकारी कार्यालयहरू आंशिक रूपमा बन्द भएको २३ दिन पुगिसकेको छ ।

अमेरिकी इतिहासमा बजेट अभावमा यति लामो समयसम्म कार्यालयहरू बन्द भएको यो पहिलो पटक हो । यसअघि बिल क्लिन्टनको कार्यकालमा २१ दिनसम्म बन्द भएको थियो ।

राष्ट्रपति ट्रम्पले माग गरेको मेक्सिकोको सीमामा पर्खाल लगाउन ५ करोड ७० लाख डलरको बजेटमा डेमोक्रेट्सहरूले स्वीकृति नदिएपछि बजेट अभावको कारण सरकारी कार्यालय आंशिक रूपमा बन्द भएका हुन् ।

shares