भारतीय क्रिकेट टोलीमा अलराउण्डर विजय शंकर र शुभमन गिललाई मौका

काठमाडौं, २९ पुस । अष्ट्रेलिया भ्रमणमा रहेको भारतीय टोलीमा अलराउण्डर विजय शंकर र शुभमन गिललाई समावेश गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड बीसीसीआईले अलराउण्डर हार्दिक पान्ड्या र केएल राहुललाई निलम्बन गर्दै उनीहरूको स्थानमा विजय र शुभमनलाई मौका दिएको हो । अष्ट्रेलियाको भ्रमण सक्काएपछि भारतले न्युजिल्याण्डसँग पाँच खेलको एक दिवशीय श्रृंखला खेल्नेछ ।

जसअनुसार, शुभमनले न्युजिल्याण्डसँग एक दिवशीय र ट्वेन्टी-ट्वान्टी श्रृंखला खेल्नेछन् । शंकरले अष्ट्रेलियासँगको एक दिवशीयसँगै न्युजिल्याण्डसँगको खेलमा पनि सहभागिता जनाउने छन् ।

भारतीय कार्यक्रममा महिलाका सम्बन्धमा गरेको टिप्पणीका कारण पान्ड्या र राहुललाई बीसीसीआईले निलम्बन गर्दै अष्ट्रेलियाबाट फिर्ता बोलाएको थियो । पान्ड्या र राहुलमाथि छानबिन भइरहेको छ ।

 

shares