ग्यारेजबाट सामान चोरी गर्ने ५ जना पक्राउ

भक्तपुर, २९ पुस । भक्तपुरको एक ग्यारेजबाट सामान चोरी गर्ने ५ जना पक्राउ परेका छन् ।

गत पुष २२ गते भक्तपुर नगरपालिका–२ ईटापास्थित रोशन गाईजुको सगरमाथा वडी विल्डर ग्यारेजबाट बडी बनाउनका लागि राखिएको निसान गाडीको डिससहित ४ वटा टायर चोरी गर्ने ५ जनालाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुर्यबिनायक नगरपालिकाका मधु महत, मकवानपुर मनहरी गाउँपालिकाका सुनिल आले, काभ्रे बेथानचोक गाउँपालिकाका गोबिन्द तामाङ, रामेछाप मन्थली नगरपालिकाका लुङ्गेली मगर र काभ्रे रोसी गाउँपालिकाका सुरेश बोहरा रहेका छन् ।

उनीहरूले प्रयोग गर्ने बा २ ख ३७४७ नम्बरको बस र १३ थान टायर पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

shares