१० लाख मूल्य बराबरको अवैध सामान बरामद

झापा, २९ पुस । अवैध रुपमा भंसार छली नेपाल भित्र्याउँदै गरेको भारतीय कपडा शनिबार राती नेपाल प्रहरी र सशस्त्र प्रहरीले एउटै नाकाबाट बैेग्लाबेग्लै समयमा १० लाख मूल्य बराबरको कपडा बरामद गरेका छन् ।

भद्रपुर ५ स्थित गणेश मन्दिर नाकाबाट शनिबार बिहान ४ बजे भित्र्याइएको पाँच पोका लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

भारतबाट तस्करीको माध्यमबाट नेपाल भित्र्याइएको ४ लाख ८० हजार मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । प्रहरीले बरामद गरेको कपडामा सुटिङसुटिङ्ग, साडी, सल, टावेल लगायतका सामान रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी शसस्त्र प्रहरी बल २ न गण झापाको टोलीले गणेश मन्दिर ५ बाट राती १ बजेको समयमा सशस्त्र प्रहरी निरीक्षक सचिन प्रधानको कमाण्डमा खटिएको टोलीले ४ पोका सामान ४ लाख ९५ हजार मूल्य बराबरको पक्राउ गरी भद्रपुर भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक ओजेस ओलीले बताए ।

 

shares