वाइड बडी खरिदमा देउवाको भूमिकाबारे संसदमा उठ्यो प्रश्न, बोलेन कांग्रेस

काठमाडौं, २९ पुस । सत्तारुढ नेकपाले वाईड बडी खरिद प्रकरणमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका हुन सक्ने भन्दै संसदमा आवाज उठाएको छ ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले देउवाको भूमिका के हो भन्ने जानकारी दिन माग गरे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले वाईड बडी खरिद प्रकरणमा ओली सरकारको आलोचना गरिरहेका बेला सत्तारुढ नेकपाले तत्कालीन प्रधानमन्त्री एवं पर्यटन मन्त्री देउवाको भूमिकाबारे प्रश्न उठाएको हो ।

कांग्रेस नेताहरूले बाहिर सार्वजनिक भाषणमा वाईड बडीबारे बोले पनि आज संसदमा कुरा उठाएनन् ।

shares