अनलाईन सेवा सुरु

कपिलवस्तु, २९ पुस । भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा अनलाईन सेवा सुरु भएको छ ।

अहिलेसम्म भूमि सुधार र मालपोतका लिखत, जग्गा रजिष्ट्रेशन लगायतका सबै काम लिखित रूपमा हुँदै आएकोमा अब अनलाईनमार्फत् हुनेछ ।

अनलाईन सुरुमा केही झन्झटको सामना गर्नु परे पनि भविष्यमा छिटो छरितो, पारदर्शी र एकिकृत सेवा सञ्चालनका लागि सहयोग पुग्ने र सेवाग्राहीले सहज सेवा पाउने कार्यालयको विश्वास छ ।

shares