थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

बैंकक, २९ पुस । नेपालले थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मलेसियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

मलेसियाका लागि युजरीना याकोपले ११ रन बनाइन् भने सियो जीन इ ले १२ तथा मास एलिसा यासमिनले ९ रन बनाइन् । बलिङमा नेपालकी सरिता मगरले चार तथा नेरी थापा, कविता कुवँर र इन्दु बर्माले एक एक विकेट लिइन् ।

जवाफमा नेपालले १६ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । नेपालले पनि सुरुवात भने राम्रो गर्न सकेन । १४ रन हुदा पहिलो विकेट गुमाएको नेपालको जितमा सिता रानामगरले १६, रोमा थापाले २०, काजल श्रेष्ठले ६ र ममता चौधरीले ९ रनको योगदान गरिन् ।

shares