नेविसंघका ४५ जना पदाधिकारी र केन्द्रीय सदस्यहरूले दिए राजीनामा

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाली विद्यार्थी संघका ४५ जना पदाधिकारी र केन्द्रीय सदस्यहरूले राजीनामा दिएका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल निकट सहमहामन्त्री हरिहर शर्मा र ललिता सुनुवारसहितले पौडेल निवास बोहोराटार पुगेर राजीनामा बुझाएका हुन् ।

यसअघि शुक्रबार मात्र सभापति देउवा निकटका उपसभापति पुष्पकुमार शाहीसहित आठ पदाधिकारीले देउवासमक्ष राजीनामा दिएका थिए ।

नैनसिंह महर नेतृत्वको नेविसंघको १२ औं महाधिवेशन शनिबार उद्घाटन गर्ने घोषणा गरिएको थियो ।

shares