लेन अनुशासन पालना नगर्ने १४ हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं, २९ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजारभन्दा बढी चालकलाई कारबाही गरेको छ ।

महाशाखाको टोलीले १३ हजार ३३० पुरुष र ९०१ महिला चालकलाई कारबाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको बताए ।

महाशाखाले सीसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कारवाही गर्दै आएको छ । लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई पाँच सय जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ ।

विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कारवाही गर्दै आएको महाशाखाले अहिलेसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कारवाही गरी कक्षा लिइसकेको छ ।

shares