नेपाललाई मलेसियाले दियो ६२ रनको लक्ष

बैंकक, २९ पुस । थाइल्याण्ड महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा अहिले नेपाल मलेसियासँग प्रतिष्पर्धा गर्दैछ । टस जितेर ब्याटिङ रोजेको मलेसियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्ड क्रिकेट मैदानमा जारी खेलमा मलेसिया १९ ओभर तीन बलमा ६१ रनमा अलआउट भयो । मलेसियाका लागि युजरीना याकोपले ११ रन बनाइन् भने सियो जीन इ ले १२ तथा मास एलसिा यासमिनले नौ रन बनाइन् ।

अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । बलिङमा नेपालकी सरिता मगरले चार तथा नेरी थापा, कविता कुवँर र इन्दु बर्माले एक एक विकेट लिए ।

shares