बेकरीमा विष्फोट हुँदा तीन जनाको मृत्यु

पेरिस, २९ पुस । फ्रान्सको राजधानी पेरिसस्थित एक बेकरीमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।

विष्फोटमा दुई आगलागी नियन्त्रक र एक महिलासहित तीन जनाको मृत्यु भएको हो । घाइते ४७ जनामध्ये दश जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बेकरीमा चुहिरेको ग्यांस मर्मत गर्ने क्रममा विष्फोट भएको फ्रान्सेली गृहमन्त्रीको भनाइ छ ।

shares