पेरिसमा पहेंलो भेस्टधारीहरूको नवौं प्रदर्शन

पेरिस, २९ पुस । फ्रान्समा ‘पहेंलो भेस्टधारीहरूले पुन: सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

नवौंपटक गरिएको सो प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ–ठाउँमा झडप भएको छ । २२४ प्रदर्शनकारी पक्राउ परेका छन् । पाँच हजारभन्दा बढी प्रहरी अधिकारीहरू राजधानी पेरिसमा खटिएका छन् भने भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रयोग गरेको छ ।

इन्धनमा भएको मूल्यविरुद्ध केही साता अघि सडकमा उत्रिएका प्रदर्शनकारीहरुले आफ्नो नबौं चरणको विरोध सुरु गरेका हुन् । पछिल्लो विरोध प्रदर्शनका क्रममा फ्रान्सभर झण्डै ८४ हजार सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इन्धनमा भएको मूल्यबृद्धिलाई लिएर सुरु प्रदर्शनमा पछिल्लो दिन नयाँ–नयाँ मागहरू थपिने क्रम जारी छ ।प्रदर्शनकारीहरूले कर, स्वच्छ ऊर्जा, संस्थागत सुधार र नागरिकताका मुद्दाहरूलाई उठाउन थालेका छन् ।

shares