शीर्ष स्थानको लिभरपुलको विजयी यात्रा जारी

काठमाडौं, २९ पुस । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले आफ्नो विजयी यात्रा जारी राखेको छ ।

लिगको आफ्नो पछिल्लो खेलमा लिभरपुलले ब्राइटनमाथि एक–शून्यको जित निकाल्यो । उसका लागि एकमात्र गोल ५०औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमार्फत गरेका थिए ।

लिभरपुल २२ खेल खेल्दा ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ । यस्तै लिगका अन्य खेलमा चेल्सी, साउथह्याम्टन, वाटफोर्ड, बर्नली र वेष्टह्याम विजयी भएका छन् ।

चेल्सीले न्यूक्यासल युनाइटेडलाई, साउथह्याम्टनले लेष्टर सिटीलाई, वाटफोर्डले क्रिष्टल प्यालेसलाई र बर्नलीले फुलह्यामलाई समान दुई–एक गोलले पराजित गर्दा आर्सनलले वेष्टह्याममाथि एक–शून्यको जित निकाल्यो ।

shares