प्रतिनिधिसभा बैठक १२ बजे बस्दै

काठमाडौं, २९ पुस । आज संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ ।

संसद भवन नयाँ बानेश्वरमा मध्यान्ह १२ बजे बस्ने बैठकमा शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकसम्वन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन् ।

यसैगरी बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विधेयक २०७५ प्रस्तुत गर्नेछन् । बैठकमा कानून न्याय तथा संसदिय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐनलाई संशाेधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि विभिन्न विधेयक प्रस्तुत गर्नेछन्। बैठकमा सांसदहरूले शून्य र विशेष समयमा सरकार र सदनको ध्यानाकर्षण गराउनेछन् ।

shares