संकटा सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

धनगढी, २७ पुस । संकटा क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरको छ ।

धनगढी रंगशालामा आज भएको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो । संकटालाई जिताउन रवि सिलवाल र विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।

यस्तै दोस्रो हाफको ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । भोलि क्वाटरफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र काक्करभिट्टा ट्रेनिङ सेन्टरले खेल्नेछन् ।

shares