जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं, २७ पुस । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताले सास्ती व्यहोर्नु परेको भन्दै जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।

मन्त्री अर्यालले जग्गाको कित्ताकाट गर्ने निर्णय कार्यान्वयनमा ल्याउन सरकारले स्थानीय तहका प्राविधिक समिति बनाउने गरी ‘भू–उपयोग नीति’ लागू गरेको पनि बताइन् ।

२०७४ साल साउन २६ गतेदेखि जग्गाको खण्डिकरण गर्न सरकारले रोक लगाएको थियो । तर त्यसले नागरिकलाई सास्ती दिएपछि सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको हो ।

shares