न्युजिल्याण्डसँग श्रीलंका ३५ रनले पराजित

न्युजिल्याण्ड, २७ पुस । न्युजिल्याण्डसँगको एक मात्र ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा श्रीलंका ३५ रनले पराजित भएको छ ।

अक्ल्यान्डको इडेन पार्कमा जीतका लागि एक सय ८० रनको लक्ष्य पछ्याएको पाहुना टोली श्रीलंका १६ ओभर ५ बलमा मात्र एक सय ४४ रनमा अलआउट भयो ।

श्रीलंकाका थिसरा परेराले ४३ र कुशल परेराले २३ रन जोडे पनि टोलीको जितका लागि पर्याप्त भएन । श्रीलंकालाई सस्तैमा आउट गर्ने क्रममा लोकी फेर्गुसन र इश सोधीले समान ३/३ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि एन्ड्रयु जोनले ४४ रन बनाए ।

स्कट क्रिस्टोफोरले नटआउट ३५ र रोस टेलरले ३३ रन बनाए । बलिङतर्फ श्रीलंकाका कशुन रजिथाले ३ विकेट लिए । यसअघि न्युजिल्याण्डसँग दुई खेलको टेष्ट श्रृंखला १-० ले गुमाएको श्रीलंकाले तीन खेलको एकदिवसीय श्रृंखला पनि गुमाएको थियो ।

shares