‘नेपालमा रहेका भारतीय मुद्रा सटहीबारे कुनै प्रगति भएको छैन’

भारत, २७ पुस । भारतको विदेश मन्त्रालयले नेपालमा रहेका भारतीय मुद्रा सटहीबारे कुनै प्रगति नभएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा प्रवक्ता रबिश कुमारले यस्तो जानकारी दिएका हुन् ।

रबिशले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र मन्त्री ज्ञवालीसँगको भेटमा यससम्बन्धी कुनै कुरा नभएको तर यसै महिनाको शुरुमा राष्ट्र बैंकले भारतको केन्द्रीय बैंकलाई पत्र लेखेको बताए । उनले यो मुद्दा जटिल भएको जिकिर गर्दै यसमा सम्बन्धित अधिकारीहरूले विचार गरिरहेको पनि बताए ।

भारतले सन् २०१६ को नोभेम्बरमा ५ सय र हजारको नोटमाथि प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकसँग रहेको भारतीय रुपैया ४ करोड ८० लाख सटहीका लागि नेपालले भारतसँग अनुरोध गर्दै आएको छ ।

shares