हिमालयन बैंकको एचबीएल मास्टर कार्ड सेवा सुरु

काठमाडौं, २७ पुस । हिमालयन बैंकले थप सुरक्षित चिपसहित पिन प्रविधियुक्त डेबिट तथा क्रेडिट कार्डको सेवा सुरु गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र मास्टर कार्डका पोरुष सिंहले संयुक्त रूपमा आजदेखि एचबीएल मास्टर कार्ड सेवा शुभारम्भ गरे ।

एचबीएल मास्टरकार्डबाट सामान खरिद गर्दा वा रकम भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाइने बैंकले जनाएको छ । देशभर कुनै पनि पस मेसिनमा यो मास्टरकार्ड प्रयोग गरी समान खरिद गरेमा आकर्षक नगद फिर्ता समेत हुनेछ।

नेपाल र भारतका एटीएम तथा पस मेशिनमा कार्ड प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन । नयाँ खाता खोल्ने ग्राहकलाई बैंकले यो मास्टरकार्ड निशुल्क दिनेछ ।

shares