यसरी मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

काठमाडौं, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पारेर आज दुई सय ९७ औँ पृथ्वी जयन्ती मनाइएको छ।

सरकारी सहभागितामा सिंहदरबारको पश्चिम ढोका परिसरमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित विविध कार्यक्रम गरी पृथ्वी जयन्ती अर्थात् राष्ट्रिय एकता दिवस मनाइएको हो।

सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाबाट सलामी पाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी थिइन् ।

प्रज्ञाभवनबाट सुरु भएको र्‍याली  उक्त शालिकमा पुगेर कोणसभामा परिणत भएको केहीबेरमा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी थिइन् । बाइसे/चौबीसे राज्यलाई एकत्रित गरी सिङ्गो राष्ट्र निर्माण गर्ने पृथ्वीनारायण शाह नेपालको एकीकरणका नायक हुन् ।

shares