स्पेनिस कोपा डेल रेमा बार्सिलोना पराजित

काठमाडौं, २७ पुस । स्पेनिस कोपा डेल रे अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

पहिलो लेगमा बार्सिलोना लेभान्टेसंग दुई–एकले स्तब्ध भएको हो । खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए ।

लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे । पहिलो हाफसम्म लेभान्टेले दुई–शुन्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

कोपा डेल रे को प्रिक्वार्टरफाइनलको पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।

shares