मोबाइलको व्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु

विराटनगर, २७ पुस । विराटनगर–१५ रामजानकी टोलमा मोबाइलको व्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।

दिउँसो पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्किएर स्थानीय सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

shares