सदिप र दिप्ती अभिनित राजु लामाको “कुरा काट्ने” सार्वजनिक (भिडियो)

काठमाडौं, २७ पुस । मोडेल सदिप गोले र दिप्ती गोम्जा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हार्टका भोकलिस्ट राजु लामाको ”कुरा काट्ने” गीतको म्युजिक भिडियोमा सदिप र दिप्ती फिचर्ड छन् । विश्वनाथ योन्जनको शब्द र विशाल कल्तानको संगीत रहेको गीतमा जितु लोप्चनले महिला स्वरमा साथ दिएकी छिन् ।

बुद्ध थापाले क्यामेरामा काम गरेका छन् भने विकाश धमलाको संगीत रहेको गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्।

“कुरा काट्ने” को भिडियोभन्दा अगाडि तामाङ्ग पप सेलो र अन्य म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडेल सदिप गोले पछिल्लो समय म्युजिक भिडियोको अभिनयमा ब्यस्त रहन थालेका छन् । सदिप अभिनित अरु भिडियो केही समयपछि नै रिलिज हुँदै छन् ।

भिडियो हेर्नुहोस्-

shares