आशन्न अष्ट्रेलियन ओपनपछि एन्डी मुर्रेले सन्यास लिने

काठमाडौं, २७ पुस । बेलायती टेनिस स्टार एन्डी मुर्रेले आशन्न अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् ।

यो वर्षको पहिलो ग्राण्डस्लाम खेल्न मेलबर्न पुगेका मुर्रेले संचारकर्मीसँग भावुक भएर यस्तो कुरा बताए । मुर्रे कम्मरको शल्यक्रियापछि फिट हुन संघर्षरत छन् ।

तीन पटकका ग्राण्डस्लाम च्याम्पियन मुर्रेले कम्मरको दुखाइका कारण आउँदो चार/पाँच महिनासम्म खेल्न नसक्ने प्रतिक्रिया दिए । तर उनले इंग्ल्याण्डमा हुने ग्राण्डस्लाम विम्बल्न खेल्ने इच्छा ब्यक्त गरे ।

हाल विश्व बरियताको २३०औं स्थानमा झरेका मुर्रेले २२औं बरियताका स्पेनिस खेलाडी रोबर्टो बाउटिस्टा अग्टविरुद्धको खेलबाट अष्ट्रेलियन ओपन शुरुवात गर्नेछन् ।

shares