मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

झापा , २७ पुस । झापाको कन्काई नगरपालिका-३ टप्पु चोकमा बुधबार मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

राती ११ बजेको समयमा सुरुङगा चम्पापुर भित्री सडक खण्डमा उत्तरतर्फ जाँदै गरेको मे ५ प ९१९८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएको थियो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार चालक कन्काई नगरपालिका-३ बस्ने वर्ष २१ को हप्पन मुर्मुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

shares