प्रथम इन्द्रमाया अन्तर्राष्ट्रिय आमन्त्रण बक्सिङ प्रतियोगितामा नेपाललाई १० स्वर्ण

काठमाडौं, २६ पुस । राजधानीमा सम्पन्न प्रथम इन्द्रमाया अन्तर्राष्ट्रिय आमन्त्रण बक्सिङ प्रतियोगितामा नेपाल १० स्वर्ण पदक जित्न सफल भएको छ ।

काठमाडाैकाे बोसिगाउँमा भएकाे प्रतियाेगितामा नेपालसहित भारत र भुटानका खेलाडी सहभागी थिए । ११ मध्ये भुटानले एक स्वर्ण जित्याे । आज फाइनलमा महिला लाईट वेटमा ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई ५/० ले हराउँदै स्वर्ण जितिन् ।

महिला फ्लाईवेटतर्फ माला राईलाई ३/२ ले पछि पार्दै विमला श्रेष्ठले स्वर्ण जितिन् । त्यस्तै, ५४ केजी मुनि ताैल समूहमा मिनु गुरुङ र ६० केजी मुनि पुनम रावलले स्वर्ण जिते ।

बोसिगाउँ स्पोर्टस् क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुषतर्फ नेपालले ६ स्वर्ण जित्दा भुटानका निमा दोर्जेले पनि स्वर्ण हात पारे । ६० केजी मुनिको ताैल समुहमा निमाले नेपालका एक बहादुर घलेलाई ३/२ अंकले हराए ।

४९ केजी मुनि नेपालका तेज बहादुर देउवा, ५२ केजी मुनि प्रेम चौधरी र ५६ केजी मुनि पुरन राईले स्वर्ण जिते । त्यस्तै, ६४ केजी मुनि भुपेन्द्र थापामगर, ६९ केजी मुनि विकेश लामा र ७५ केजीमा दिपक श्रेष्ठ पहिलो भए ।

विजेता सबैले नगद १५ हजार हात पारे । कार्यक्रममा विश्व शारिरीक सुगठनको स्वर्ण विजेता महेश्वर महर्जनलाई सम्मान गरिएको थियो ।

shares