हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, २६ पुस । नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य घटाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको हो । अब हवाई इन्धनको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्नेछ ।

निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

shares