खप्तड गोल्डकप: च्यासल र दिल्ली फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

धनगढी, २६ पुस । तेस्रो सस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपमा आज च्यासल युथ क्लब र भारतको दिल्ली फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

तेस्रो प्रिक्वार्टरफाइनलमा अन्तर्गत आजको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । काठमाडौमा भर्खरै सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथले आठौँ स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको थियो ।

आजको खेलको विजेताले पुस ३० गते रुस्लान थ्री स्टारको सामना गर्नेछ । यसअघि मेची नेत्रायल र नेपाल पुलिस क्लबले जित निकाल्दै क्वार्टरफाईनल तय गरिसकेका छन् ।

मोफसलकै सवार्धिक धनराशीको प्रतियोगिता खप्तड गोल्डकपको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

shares