सीमा पर्खालसम्बन्धी वार्ता छोडेर बीचमै निस्किए ट्रम्प

वासिंगटन, २६ पुस । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बजेटमा सभामुख र डेमोक्र्याटिक पार्टीले सहमति नजनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी बार्ता बीचमै छाडेका छन् ।

डेमोक्र्याटिक लिडर तथा हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसी र सिनेटमा माइनोरिटी लिडर रहेका डेमोक्र्याटिक पार्टीका नेता चक शुमर बजेटमा सीमा पर्खालका लागि रकमको व्यवस्था नगर्ने अडानमा कायम रहेपछि ट्रम्पले वार्ता बीचमै छोडेका हुन् ।

ट्रम्पले आफ्नो चुनावी अभियानदेखिको प्रतिबद्धतामा रहेको सीमा पर्खाल निर्माणका लागि संघीय सरकारका कार्यालयहरू सञ्चालनका लागि तय गरिएको बजेटबाट रकमको व्यवस्था गर्नुपर्ने अडान लिँदै आएका छन् ।

यसले गर्दा संघीय सरकारको कार्यसञ्चालनका लागि आवश्यक पर्ने बजेटसम्बन्धी विधेयक पारित हुन नसक्दा १९ दिनदेखि संघीय सरकारका आंशिक कार्यालयहरूको काम ठप्प भएको छ ।

ट्रम्प संघीय सरकारको कार्यसञ्चालन सम्बन्धी बजेटमा ५.७ बिलियन अमेरिकी डलर मेक्सिकोसँगको सीमा क्षेत्रमा बनाउने भनिएको सीमा पर्खालका लागि छुट्याउने अडानमा छन् ।

shares