महिला टी-ट्वान्टी क्रिकेट टोलीको घोषणा

काठमाडौं, २५ पुस । थाइल्याण्डमा आयोजना हुने महिला टी-ट्वान्टी स्मास क्रिकेटका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

थाइल्याण्ड क्रिकेट एसोसियसनकाे आयोजनामा यही जनवरी १२ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् ।

नेपाली टाेलीमा क्षेत्री सहित सिता राना मगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममता कुमारी चौधरी र बिन्दु रावल छन् ।

नेपालले पहिलाे खेल १२ जनवरीमा तान्जिनियाविरुद्ध खेल्नेछ । यस्तै १४ जनवरीमा नामिबिया, १५ मा इन्डोनेसिया र १७ जनवरीमा कुवेतसंग खेल्नेछ । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

shares