सरकारले धोका दियो, फेरि अनशन बस्छु: डा. केसी

काठमाडौं, २५ पुस । प्रा. डा. गोविन्द केसीले आफूसँग भएको सहमति तोडेर सरकारले फेरि पनि धोका दिएको आरोप लगाएका छन् ।

उनले १५ औँ अनशनका बेलामा भएका सहमति कार्यान्वयन गर्नुको सट्टा सरकारले धोका दिएर शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक पास गरेको बताए । बुधबार बिहान बसेको समितिको बैठकमा चिकित्सा शिक्षा विधेयक बहुमतले पास भएको हो ।

डा. केसीले सोबारे प्रतिक्रिया दिंदै भने, “हामी जनताका लागि लडेका छौं । ओली प्रचण्डले माफियाका लागि ऐन बनाएका छन्, अब फेरि लड्छु।’ प्रधानमन्त्रीले इमान्दारिता नदेखाएको र दुई तिहाइको दुरुपयोग गरेको उनको आरोप छ ।

डा. केसीले बुधबार अपराह्न ५ बजेपछि १६औं पटक अनशन बस्ने जनाएका छन् । त्यसका लागि उनी इलाम पुगिसकेका छन् ।

shares