छायाँ सरकार बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले छायाँ सरकार बनाउने निर्णय गर्दै छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरूलाई आग्रह गरेको छ ।

 नेता गगन थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् । ‘छायाँ सरकार बनाउने भन्ने पहिले देखिकै निर्णय हो’, उनले भने, ‘एक जनाले तीनवटा मन्त्रालय रोजेर नाम दिने र छायाँ सरकार बनाउने भन्ने निर्णय भयो ।’

बैठकमा सभामुख कृष्णबहादुर महराको कार्यशैलीका बारेमा पनि छलफल भएको छ । बैठकमा सांसदहरूले संसदमा निर्बाध प्रश्न गर्न पाउने आफूहरूको अधिकारलाई सभामुखले हनन् गरेको बताएका छन् ।

shares