सत्याग्रही केसीकाे भाषिक विचलन कि मानसिक समस्या ?

सुमन शर्मा

काठमाडाैं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर गाेविन्द केसी चिकित्सा शिक्षा क्षेत्रमा व्याप्त बेथिति अन्त्यकाे मागसहित बारम्बार अनसन बस्नुहुन्छ। उहाँका मागमा समर्थनकाे दायरा पनि फराकिलाे छ । तर,डा केसीकाे बाेली विराेधीका लागि मात्र हाेइन समर्थककै लागि समेत बिझाउने खालकाे छ । आजकाे पत्रकार सम्मेलनमा पनि उहाँले निकै असाेभनिय भाषा प्रयाेग गर्नुभयाे ।

डाक्टर केसीका अभिव्यक्ति अराजक र अमर्यादित बन्दै गएका छन् । सरकारदेखि व्यक्तिकाे नाम ताेकेर समेत उहाँले माफिया भन्दै प्रहार गर्नुभयाे ।

सरकारले समाजवाद स्थापनाकाे उदेश्य लिएकाे छ । तर केसीका लागि त्यही विषय पनि खड्केकाे छ । उहाँकाे नजरमा कम्युनिष्ट नेताहरु जनतामारा हुन् । समाजिक संजालमा नेकपा कार्यकर्ताले आफुलाइ आलाेचना गरेकाे पनि उहाँलाइ मन परेकाे छैन् । त्यसैले कार्यकर्तालाइ ठिक ठाउँमा राख्न भन्दै उहाँले यसरी चेतावनी दिनुहुन्छ ।

मुलुकमा भ्रष्टाचार र वेथिति बढेकाेमा डा केसीकाे असन्तुष्टी त जायजै हाेला तर उहाँले त्यसैलाइ आधार मानेर सबैलाइ अपराधि करार गरिरहनु भएकाे छ ।

डा केसीले सत्याग्रहिका रुपमा नाम कमाउनुभएकाे छ । यस्ता सत्याग्रहीले बाेल्ने भाषा पनि मर्यादित हुनु आवस्यक छ । भाषामा लगाम लगाउन नसके उहाँका माग जायज लाग्ने समुह पनि टाढिने संभावना छ ।

shares