श्रीलंकाविरुद्धको वान डे क्रिकेट सिरिजमा न्युजिल्याण्डको क्लिन स्विप

न्युजिल्याण्ड, २४ पुस । श्रीलंकाविरुद्धको वान डे क्रिकेट सिरिज ३-० जित्दै घरेलु टोली न्युजिल्याण्डले क्लिन स्विप गरेको छ ।

नेल्सनमा आज भएको तेस्रो तथा अन्तिम खेलमा न्युजिल्याण्डले पाहुना टोली श्रीलंकालाई १ सय १५ रनले हराएको हो । न्युजिल्याण्डले दिएको ३ सय ६५ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय ४९ रनमा समेटियो ।

श्रीलंकाका थिसरा परेराले ८० रनको पाली खेले पनि जितका लागि पर्याप्त भएन । श्रीलंकालाई कम रनमै समेट्न न्युजिल्याण्डका लोकी फेर्गुसनले ४ र इस सोधीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभर खेल्दै ४ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको थियो । न्युजिल्याण्डलाई सम्मानजनक स्कोरमा पुर्‍याउन रोज टेलरले १३७ र हेनरी माइकल निकोल्सले नटआउट १२४ रनको शतकीय पाली खेले ।

बलिङ्तर्फ श्रीलंकाका कप्तान लाथिस मालिंगाले ३ विकेट लिए । श्रीलंका र न्युजिल्याण्डबीच शुक्रबार अक्ल्याण्डमा टि ट्वान्टी खेल हुनेछ ।

shares