मोफसलकै सर्वाधिक धनराशीको सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन आज

धनगढी, २४ पुस । आजबाट सुरु हुने सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम-११ स्पोर्ट्स क्लब र काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रितिस्पर्धा हुँदैछ ।

खेल दिनको २:३० बजे धनगढी रंगशालामा सुरु हुनेछ । मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५/१५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।

कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।

shares