तीन लाख मूल्य बराबरको अवैध सामान बरामद

झापा, २३ पुस । सशस्त्र प्रहरीले अवैध रूपमा भंसार छली नेपाल भित्र्याउँदै गरेको तीन लाख मूल्य बराबरको सामान पक्राउ गरी आज मेची भंसार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल गण हेडक्वाटर झापा न २ गण लगायत मातहतका विभिन्न युनिटहरूबाट खटिएको गस्ती टोलीले झापाका विभिन्न सीमा इलाकाहरूबाट अवैध रूपमा आयात गरिएको सामान बरामद गरेको हो ।

भंसार छली लत्ताकपडा, किराना सामान, सूर्ति, रुख काट्ने मेशिन लगायत सामान बरामद गरिएको सशस्त्र प्रहरीका नायब उपरीक्षक ओजेश ओलीले बताए । बरामद गरिएका सामान मेची भंसार कार्यालयमा बुझाइएको छ ।

shares