काठमाडौंमा कोरियन ब्राण्ड योयोसोको तेस्रो स्टोर सञ्चालन

काठमाडौं, २४ पुस । काठमाडौंको मैतिदेवीमा आजदेखि कोरियन ब्राण्ड योयोसोको तेस्रो स्टोर सञ्चालनमा आएको छ।

योयोसोले यसअघि ललितपुरको पुल्चोक र काठमाडौंको कमलपोखरी सिटी सेन्टरमा स्टोर चलाउँदै आएको थियो ।

योयोसोको स्टोर सौन्दर्य प्रशाधनसहित, कपडा, बालबालिकाका खेलौना, भान्छाका सामग्रीका लागि प्रख्यात छ । योयोसोकाे विश्वभरि हजारभन्दा बढी स्टाेरहरू छन् ।

shares