चीनले संयुक्त राष्ट्रसङ्घीय अधिकारीलाई सशर्त सिनजियानमा स्वागत गर्ने

काठमाडौं, २४ पुस । चीनले संयुक्त राष्ट्रसङ्घीय अधिकारीलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने शर्तमा सिनजियानको पश्चिमी क्षेत्रमा स्वागत गर्ने भएको छ ।

मुश्लिम अल्पसङ्ख्यक बसोबास गर्ने वस्तीहरूमा चलाएको शैक्षिक शिविरबारे जानकारी लिने राष्ट्रसङ्घ मानव अधिकार प्रमुख मिसेल बाचेलेटको प्रस्ताव सशर्त स्वीकार गरेको हो ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको चीनको उत्तरपश्चिमी क्षेत्रमा उइगुर अल्पसङ्ख्यक समुदायमाथि मानव अधिकार उल्लङ्घनका खबरहरू बाहिरिएका समय राष्ट्रसङ्घ मानव अधिकार निकायले चासो व्यक्त गरेको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले सिनजियान भ्रमणका लागि सबैलाई स्वागत गर्ने तर जोकोहीले पनि चिनियाँ कानून र नियमको पालना गर्नु पर्नेमा जोड दिए ।

shares