लिभरपुल एफ ए कपको तेस्रो चरणबाटै बाहिरियो

काठमाडौं, २४ पुस । लिभरपुल एफ ए कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

उल्फ्ससंग दुई–एक गोलले पराजित भएको लिभरपुल तेस्रो चरणबाटै बाहिरिएको हो । उल्फ्सको जीतमा राउल जिमेनेज र रुबेन नेभेसले गोल गरे । लिभरपुलका डिभोक ओरिगीले गोल गरे ।

यसैबीच, एफए कप फुटबलको चौथो चरणको ड्र सार्वजनिक भएको छ । चौथो चरणमा १३ पटकको उपाधि विजेता आर्सनल र १२ पटकको उपाधि विजेता म्यानचेस्टर युनाइटेडबिच प्रतिस्पर्धा हुने भएको छ ।

गिलिङ्गह्यामले स्वान्सी सिटीसँग, म्यानचेस्टर सिटीले बर्नलीसँग, टोटनह्यामले क्रिष्टल प्यालेसँग खेल्नेछ । यस्तै साबिक विजेता चेल्सीले घरेलु मैदानमा शेफिल्ड वेइनस्डे वा लुटनसँग खेल्नेछ ।

यस्तै लिभरपुललाई हराएको वुल्भ्सले श्रीवस्बरी वा स्टोक सिटीसँग अवे मैदानमा खेल्ने भएको छ ।

shares