बीपीएलमा सन्दिप लामिछानेको टिम सिल्हेट सिक्सर्सको दोस्रो खेल आज

बंगलादेश, २५ पुस । नेपाली स्पिनर सन्दिप लामिछानेको टिम सिल्हेट सिक्सर्सले आज बंगलादेश प्रिमियर लिगमा दोस्रो खेल खेल्दैछ ।

पहिलो खेलमा उत्कृष्ट बलिङ गरेर दुई विकेट लिएका सन्दिप आज पनि टिममा पर्नेमा सम्भावना रहेको छ । बिग बास लिगमा चार खेले खेलेर तहल्का मच्चाएका सन्दिपले बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाएका थिए ।

उनलाई टिमले पहिलो खेलमा नै डेब्यु गर्ने मौका दिएको थियो । सन्दिपले पनि त्यो मौकालाई पूर्ण रुपमा सदुपयोग गर्दै चार ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

सिलेटले आज दिउँसो सवा १२ बजे चिटगउ भाइकिंग्स विरुद्ध खेल्नेछ । पहिलो खेलमा सिल्हेट साहिद अफ्रिदीको कप्तानीमा रहेको कोमिल्ला भिक्टोरियन्ससँग ४ विकेटले पराजित भएको थियो ।

shares