आगामी शुक्रबार उत्कृष्ट महिला उद्यमी चयन गरिने

काठमाडौं, २३ पुस । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आउँदो शुक्रबार उत्कृष्ट महिला उद्यमी चयन गरिने भएको छ ।

नेपालभरीबाट प्रतिस्पर्धाका आधारमा चयन भएका १० जना महिला उद्यमी मध्येबाट १ जना उत्कृष्ट महिला उद्यमी चयन गरिने सार्क महिला उद्यमी परिषदकी कोषाध्यक्ष रिता भण्डारीले जानकारी दिइन् ।

उत्कृष्ट महिला उद्यमीले दक्षिण एशियाली महिला उद्यमीबीच प्रतिस्पर्धा गर्ने अवसर पाउने छिन् । ३ महिनापछि श्रीलंकामा हुने यो प्रतिस्पर्धामा विजयी हुनेले सार्क उत्कृष्ट महिला उद्यमीको अवार्ड पाउने महासंघले जनाएको छ । यो अवार्ड पहिलो पटक हुन लागेको हो ।

shares